काठमाण्डौँ । नेपाली कांग्रेसका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।
देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका हुन् ।
नेता घिमिरेका अनुसार १४औं महाधिवेशनमा निर्वाचित कुल प्रतिनिधि संख्याको झण्डै ५३ प्रतिशतले विशेष महाधिवेशनको माग गरेका छन् ।
उनका अनुसार यो माग पार्टीभित्रको विवाद वा विद्रोहको लागि नभई सुवर्णशम्शेर राणाजस्ता अग्रज नेताहरूले अंगालेको असल अभ्यासलाई निरन्तरता दिने प्रयास हो ।
जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्वको आमूल परिवर्तनको माग तीव्र बनेको छ । सोही क्रममा नेताहरूले देशभर हस्ताक्षर संकलन अभियान सञ्चालन गरेका थिए ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित महाधिवेशन समयमै नहुन सक्ने अवस्था आए विशेष महाधिवेशनमार्फत समाधान खोज्नुपर्ने पक्षमा देखिएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्