बोलेरो जिप दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
अशोज २८, २०८२

असोज २८ – डोटी जिल्लाको बडिकेदार गाउँपालिका-३ देवलमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

मंगलवार बिहान कैलालीको सुखडबाट डोटीको देवलतर्फ जाँदै गरेको सुप्र ०१–००१ च ४६५१ नम्बरको बोलेरो जिपको सापट भाँचिँदा सडकमा पल्टिएको हो। दुर्घटनामा ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।

कैलाली घोडाघोडी नगरपालिका–८ मैनापोखरी निवासी २७ वर्षीय सरोज विकले जिप चलाएका थिए। जिपमा चालकसहित ९ जना सवार थिए भने अन्य आठजना सकुशल रहेका छन्।

घटनाको थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक पदम राज भट्टको नेतृत्वमा ४ जनाको टोली घटनास्थलमा खटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *