जिस्काइँले लिइयो ९ वर्षीया बालिकाको ज्यान ?

DaksuMedia दाक्सु मिडिया
|
अशोज २८, २०८२

काठमाडौं, – फ्रान्सको सारेगुमाइन्स सहरमा एक ९ वर्षीया बालिका आफ्नै घरमा मृत फेला परेकी छन्। प्रहरीका अनुसार बालिकाले आत्महत्या गरेको आशंका गरिएको छ।

बालिकाले मृत्युअघि लेखेको पत्रमा विद्यालयका साथीहरूले तौलको विषयमा बारम्बार जिस्क्याउने गरेको उल्लेख छ। आमाका अनुसार बालिकाले यसअघि पनि आफूलाई जिस्क्याइएको भन्दै आत्महत्या गर्न मन लागेको बताएकी थिइन्।

विद्यालयलाई बदमाशीबारे जानकारी दिइए पनि आवश्यक कदम चालिएको थिएन भन्ने परिवारको भनाइ छ। घटनापछि विद्यालयबाहिर सेतो गुलाब राखेर श्रद्धाञ्जली दिइएको छ।

सरकारी अभियोजक कार्यालयले अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *