काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा जेनजी आन्दोलनको नाममा गरिएको दबाबपछि भोटेकोशी पावर कम्पनीले ४५ मेगावाट क्षमताको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीयलाई नि:शुल्क दिने सम्झौता गरेको छ
भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड नामक समूहले आयोजना क्षेत्रका स्थानीय जनताको तर्फबाट शेयरको माग गर्दै एक महिनादेखि आयोजनाको सम्पूर्ण कार्य रोकिएको थियो।
आइतबार भएको सम्झौतापछि आयोजना पुन: सञ्चालनमा आएको छ। सम्झौतामा भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्य र जेनजी समूहका अध्यक्ष फुर्पा शेर्पाले हस्ताक्षर गरेका हुन्।
यसअघि आयोजनाले २०७१ सालमा स्थानीयलाई ६ प्रतिशत शेयर दिने सहमति गरेको थियो। तर भदौ २३–२४ गते ‘भोटेकोशी जेनजी ग्रुप’ले थप ४ प्रतिशत शेयर नि:शुल्क माग गर्दै आयोजना बन्द गराएको थियो।
शुरुआतमा कम्पनीले शेयर दिन त तयार भए पनि नि:शुल्क दिन नमिल्ने बताएको थियो। तर पछिल्लो सम्झौतापछि ६ प्रतिशतमा थप ४ प्रतिशत गरी कुल १० प्रतिशत शेयर नि:शुल्क रूपमा स्थानीयलाई दिने सहमति भएको छ।
सम्झौता अनुसार, प्रभावित स्थानीय तहका बासिन्दा समेटिएको सार्वजनिक लगानी कम्पनीमार्फत ती शेयर दिइनेछ। यस घटनाले जलविद्युत् परियोजनामा स्थानीय सहभागिता र अधिकारको मुद्दा पुनः चर्चामा ल्याएको छ।








दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्