|
२०८२ आश्विन २५
काठमाडौं, असोज २४ —नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २४ को अराजक घटनाका क्रममा सेना नभएको भए नेताहरूलाई भिडले “किचिमिची पारिसक्थ्यो” भन्ने टिप्पणी गरेका छन्।
पत्रकार भेटघाटमा उनले आफू प्रधानसेनापतिलाई फोन गरेर उद्धार गराएको र केही दिन सैनिक मुख्यालयमै बसेको खुलाए। तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको र सुशीला कार्कीलाई ओलीकै सिफारिसमा अन्तरिम प्रधानमन्त्री बनाइएको पनि उनले बताए।
उनले जेनजी आन्दोलनको मागअनुसार पार्टी नेतृत्व छाड्ने घोषणा गर्दै अब राष्ट्रिय सहमतिको खाँचो रहेको बताए। भदौ २३ र २४ का घटनालाई क्रमशः आन्तरिक असन्तुष्टि र बाह्य षड्यन्त्रको परिणाम भन्दै प्रचण्डले वास्तविक जेनजीसँग संवाद भइरहेको जानकारी पनि दिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्