|
२०८२ आश्विन २४
काठमाडौं, असोज २४ —प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताले थालेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छन्। बिहीबार राति भिडियो सन्देशमार्फत बोल्दै उनले विगतका सरकारहरूले युवाको भावना नसुनेको कमजोरी स्वीकार गरिन्।
प्रधानमन्त्री कार्कीले सरकार युवाको चाहनाअनुसार परिवर्तन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनले संयम र हिंसारहित आन्दोलनको आग्रह गर्दै राष्ट्रिय एकता आवश्यक रहेको बताइन्।
उनले युवाको बलिदानपछि न्याय, सुशासन र भ्रष्टाचार उन्मूलनको चाहना रहेको उल्लेख गर्दै, आगामी सरकारले ती अपेक्षाहरू पूरा गर्ने विश्वास व्यक्त गरिन्। साथै, जेनजी पुस्ताको राज्य सञ्चालनमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न नयाँ संयन्त्र बनाउने प्रतिबद्धता पनि जनाइन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्