एमाले संसद् विघटनको विपक्षमा उभिने, २१ फागुन नपर्खिने ओलीको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २३

काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने बताएका छन् ।

भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका हुन् ।

प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि उनले विश्वास गरे । सुशीला कार्कीले प्रधानमन्त्री हुन अडान लिएकाले प्रतिनिधि सभा विघटन भएको प्रशंग उल्लेख गरे ।

संसद् र संविधान जोगाएर विकल्प दिन सवै पक्षमा सहमति भएपनि असंवैधानिक विघटन गरिएको पनि उनले बताए । तर राजनीतिक दलह्रूलाई पञ्छाएर वार्ता गर्ने, सरकार बनाउनेदेखि संसद् भंग गर्ने काम गरिएको ओलीले बताए । ‘वार्ता सरकारले होइन, सरकारले राजीनामा गर्नुपर्ने ? वार्ता अर्कैले गर्नुपर्ने ? दुनियाँमा कहाँ हुन्छ ? राजनीतिक दलहरू वार्तामा नबस्ने ?,’ ओलीले भने । प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा कांग्रेसको पनि साथ रहने उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *