|
२०८२ आश्विन २३
काठमाडौं । प्यालेस्टिनी समूह हमासद्वारा २०२३ अक्टोबर ७ मा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको झन्डै दुई वर्ष पुरानो भिडिओ सार्वजनिक भएको छ। भिडिओ इसराइली सरकारले विपिनको परिवारलाई सुम्पेको थियो, जुन अहिले मात्र सार्वजनिक गरिएको हो। भिडिओमा विपिनले आफ्नो परिचय दिँदै आफू “लर्न एन्ड अर्न” कार्यक्रममार्फत इसराइल आएको बताएका छन्।
इसराइल र हमासबीच युद्धविरामको घोषणा भएसँगै ४८ जना बन्धकहरू ७२ घन्टाभित्र मुक्त गरिने सहमति भएको छ। विपिन पनि तीमध्ये पर्ने सम्भावना रहेको बताइएको छ। यद्यपि, उनको हालको अवस्था अझै पुष्टि हुन सकेको छैन।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्