|
अशोज २२, २०८२
सिरहा जिल्ला, कल्याणपुर नगरपालिका–८ स्थित दलित बस्तीमा विश्वकर्मा पूजाको क्रममा भएको सामान्य विवादले उग्र रूप लिँदा पाँच घरमा तोडफोड र लुटपाट भएको छ।
असोज १७ गते करिब २५ जनाको समूहले आक्रमण गरी सुन, चाँदी, नगद र खाद्यान्न लुटेका थिए।
पीडितहरूले वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध मिर्चैया प्रहरीमा जाहेरी दिएका छन्। प्रहरीले वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ। नगरपालिकाले पीडित परिवारलाई राहत वितरण गरेको छ भने आवास व्यवस्थापनको पहल भइरहेको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्