काठमाडौं — सिंहदरबारमा भएको आगलागीको विषयलाई लिएर केही दिन यता काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहमाथि सामाजिक सञ्जाल तथा केही माध्यमबाट गम्भीर आरोप लगाइएका छन्। “दमकल किन गएन?”, “बालेन शाहकै कारण सिंहदरबार जलेको हो” जस्ता आरोपहरू बढिरहेका बेला मेयर शाहले ती सबै आरोपहरूको खण्डन गर्दै एक विस्तृत स्पष्टिकरण सार्वजनिक गरेका छन्।
शाहले आफ्नाे वक्तव्यमा भनेका छन्, “हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।” उनले उल्लेख गरेका छन् कि काठमाडौं महानगरको दमकल सेवा आन्दोलनको चरम स्थितिमा पनि लगातार फिल्डमा खटिएको थियो। सिंहदरबारमा आगो लागेपछि तत्कालै दमकल पठाउने प्रयास भए पनि आन्दोलनकारीको अवरोधका कारण पुग्न सकेन।
तर २४ गते साँझ ८:१५ बजे काठमाडौँ महानगरको दमकल सिंहदरबारमा पुगेको उनले स्पष्ट पारेका छन्। त्यसअघि र त्यसपछि महानगरका पाँचवटा दमकलमध्ये न्युरोड, बालाजु र रामहिटीस्थित दमकलहरू शहरका विभिन्न स्थानमा फैलिएको आगो निभाउन खटिएका थिए।
वक्तव्यमा, २४ गतेको रातदेखि २७ गतेसम्म सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार, कारागार, बैंक, प्रहरी कार्यालय, अस्पताल, डाटा सेन्टर, निजी घर र गोदामहरूमा लागेको आगो निभाउन दमकल टोलीहरूले ५५ भन्दा बढीपटक सेवा दिएको उल्लेख छ।



दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्