|
२०८२ आश्विन २०
काठमाण्डौँ । विभागीय टोली एपीएफ क्लबले साफ क्लब महिला च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग खेल्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गर्न लागेको च्याम्पियनसिपका खेल आगामी मंसिर १९ देखि पुस ५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा यी दुईबाहेक भारतको इस्ट बंगाल फुटबल क्लब, भुटानको ट्रान्सपर्ट युनाइटेड एफसी र पाकिस्तानको कराची सिटी एफसीले प्रतिस्पर्धा गर्दैछन् ।
एपीएफफले दोस्रो खेल २५ मंसिरमा ट्रान्सपर्ट युनाइटेडसँग खेल्ने छ । २८ गते कराची र २ पुसमा अन्तिम खेल इस्ट बंगालसँग खेल्दै लिग सक्काउने छ।
साफका अनुसार शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्