छैटौं ढोरपाटन रनिङ कप: रविन चन्द र प्रतिभा माली सर्वोत्कृष्ट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २०

दाक्सु मिडिया । अस्ट्रेलियामा सम्पन्न छैटौं ढोरपाटन रनिङ कप भलिबल प्रतियोगितामा मोनाका रविन चन्द ठकुरी र म्याग्दी काली युनाइटेडकी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

फाइनलमा पुरुषतर्फ मोनाले छन्त्याल परिवार अस्ट्रेलियालाई र महिलातर्फ म्याग्दी काली युनाइटेडले म्याग्दी जलजला परिवारलाई पराजित गर्दै उपाधि जिते।

विजेताले क्रमशः पुरुषमा २,८०० र महिलामा १,३०० अस्ट्रेलियन डलरसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे।

सर्वोत्कृष्ट बनेका रविन र प्रतिभाले १०० डलर, ट्रफी, प्रमाणपत्र र योलोको गिफ्ट ह्याम्पर जिते।

अन्य उत्कृष्ट खेलाडीहरू:

  • स्पाइकर: पहल गहतराज (छन्त्याल), कविता भट्ट (जलजला)
  • सेटर: बिशाल कार्की (मोना), मिया पुन (म्याग्दी काली)
  • सर्भर: रेशम छन्त्याल (छन्त्याल), गीता जुग्जाली (जलजला)
  • ब्लकर: शेरु रोका मगर (मोना)
  • लिवेरो: गणेश छन्त्याल (छन्त्याल)
  • प्रशिक्षक: गोपाल पुन (मोना), सरस्वती चौधरी (म्याग्दी काली)

प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ५ टोलीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *