पहिरोमा परेर इलाममा मृत्यु हुनेको संख्या ३७ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

इलाम । इलाममा गएको पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ।

शुक्रबारदेखि परेको अविरल वर्षापछि खसेको पहिरोमा परी अहिलेसम्म ३७ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

सूर्योदय नगरपालिका १ मा पाँच जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

इलाम नगरपालिका ६ मा ६ जनाको मृत्यु भएको छ । देउमाई नगरपालिकामा आठ जनाको मृत्यु भएको डिएसपी थापाले बताए ।

फाकफोकथुम गाउँपालिकामा एक जनाको र माङ्सेबुङमा तीन जनाको मृत्यु भएको हो । माङ्सेबुङमा तीन जना घाइते समेत भएका छन् ।

माइजोगमाई गाउँपालिकामा आठ जना र सन्दकपुर गाउँपालिकामा ६ जना गरी कूल ३७ जनाको मृत्यु भएको हो ।

माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *