काठमाडौं उपत्यकासहित देशभर वर्षा, अर्को प्रणाली पनि सक्रिय, सतर्कता अपनाउन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १८

काठमाडौं ।  देशका धेरै स्थानमा हाल मनसुनी प्रणालीको प्रभावले वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई क्षेत्रहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अर्को मौसमी प्रणाली पनि नेपाल भित्रिन थालेकाले वर्षा अझै बढ्न सक्ने अनुमान छ।

सरकारले बाढी, पहिरो र डुबानको जोखिम बढेकाले सतर्क रहन आग्रह गरेको छ। मुग्लिङ–नारायणगढ, बिपी राजमार्ग, त्रिभुवन राजपथ लगायतका सडकमा रातिको यात्रा नगर्न सूचनासहित चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *