गिरीबन्धु टी-ईस्टेट अगाडि बस दुर्घटना, २ को मृत्यु, १३ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १६

१६ असोज, बनियानी । झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-ईस्टेट अगाडि सगरमाथा यातायातको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरी इटहरीका दिनेशकुमार भट्टराई (४६) र बसका सहचालक रङ्गेलीका राजकुमार चौधरी (४२) रहेका छन्।

दुर्घटनामा १३ जना घाइते भएका छन्, जसको स्थानीय बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ। बस चालक फरार रहेका छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *