काठमाडौं, असोज १६ – बडादसैं अन्तर्गत बिहीबार टीकाको दिन देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव सक्रिय देखिएको छ।
टीकाको दिन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थानहरू र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
बिहीबार राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
विभागले दसैं मनाउने क्रममा आवतजावत गर्दा तथा बाहिरी गतिविधिमा सावधानी अपनाउन आग्रह गरेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्