|
२०८२ आश्विन १३
पूर्वपत्रकार र अनुसन्धानकर्ता अजयभद्र खनाललाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुख्य सल्लाहकारमा नियुक्त गरेकी छन्। लामो समय पत्रकारिता गरेका खनाल ‘द हिमालयन टाइम्स’ र ‘उकालो डटकम’ का प्रधानसम्पादक थिए। उनी साझा पार्टीका संस्थापक सदस्यसमेत हुन्।
खनालको राजनीतिक पृष्ठभूमि बलियो छ — उनका बुबा श्रीभद्र शर्मा खनाल नेपाली कांग्रेसका पूर्व महामन्त्री थिए। पछिल्लो समय खनाल सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (CSIF) मा अनुसन्धान निर्देशक थिए, जहाँ उनले नेपालमा चिनियाँ संलग्नता लगायत विषयमा अध्ययन गरेका थिए।
गृहमन्त्री ओमप्रकाश अर्यालको सिफारिसमा खनाल नियुक्त गरिएको स्रोतले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्