हिम्मत छ भने खुला विशेष अधिवेशन गर” – तोसिमा कार्कीको कडा चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १२

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ डा. तोसिमा कार्कीले पार्टीभित्र आफूविरुद्ध फैलाइएका हल्ला, आरोप र धम्कीपूर्ण व्यवहारको कडा शब्दमा विरोध गरेकी छन्।

सामाजिक सञ्जालमार्फत कार्कीले पार्टी नेतृत्वप्रति प्रश्न उठाउँदै खुला विशेष अधिवेशन गर्न चुनौती दिएकी छन्। उनले लेखेकी छन्, “हिम्मत भए संस्थापनले खुला विशेष अधिवेशन गरोस्।”

कार्कीले आफूमाथि ‘गेट आउट’ भन्दै डराउने र बदनाम गर्न खोज्नेहरूप्रति चेतावनी दिँदै लेखेकी छन्, “त्यस्तो प्रवृत्तिको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्।”

उनले आफू आन्दोलनको बेला गोली वर्षामा हिँडेको अनुभव सुनाउँदै, “तिमीहरुको प्रोपागान्डा र हेपाहा बोलीसँग रत्तिभर डराउँदिन,” भनेर लेखेकी छन्।

कार्कीले पार्टीभित्रको स्वच्छ बहस र लोकतान्त्रिक अभ्यासको पक्षमा आफू दृढ रहेको जनाएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *