|
२०८२ आश्विन ११
काठमाडौं । ललितपुर महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा गोली लागेर शहीद भएका विनोद महर्जनको परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। विनोद महर्जन महानगर वडा नं. ७ का स्थायी बासिन्दा थिए। महानगर प्रमुख चिरीबाबु महर्जनले छिट्टै सहयोग रकम परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम आयोजना गरिने बताएका छन्।
भदौ २३ गते भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न माग गर्दै गरिएको जेनजी प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर विनोद महर्जनको मृत्यु भएको थियो। महानगरले यस घटनाप्रति सहानुभूति व्यक्त गर्दै परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्