|
२०८२ आश्विन ७
विराटनगर महानगरपालिका–९ मा एक युवकले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन्। मोरङ प्रहरीका अनुसार २५ वर्षीय श्रवण साह (छोटु)ले २२ वर्षीया रागिनीदेवी साहमाथि घरमै आक्रमण गरेका हुन्।
घटनाका बेला घरमा दाजु अनुपस्थित थिए। यही मौका छोपी श्रवणले वियरको बोतलमा ल्याइएको एसिड प्रयोग गरी रागिनीदेवीको अनुहार लक्षित गरेर आक्रमण गरेका थिए। महिलाले एसिड रोक्ने प्रयास गर्दा हात र शरीरका अन्य भागमा समेत पोलेको छ। साथै, उनी लगाएको सल पनि एसिडले जलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्