|
२०८२ आश्विन ५
बैतडीमा : अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ।
शिवनाथ गाउँपालिका-५ बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिंगालको टोकाइबाट मृत्यु भएको हो।
गएको भदाै २२ गते अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका दयाललाई उपचारका लागि भदौ २३ गते सेती प्रादेशिक अस्पताल लगिएको थियो।
अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई परिवारका सदस्यले घर लगेका थिए। उनको शनिबार मृत्यु भएको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्