|
२०८२ आश्विन ५
काठमाडौँ — मानव अधिकार तथा शान्ति समाजले जेएनयू आन्दोलनका क्रममा भएका क्षतिको छानबिन गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा जारी विज्ञप्तिमा समाजले भ्रष्टाचार, कुशासन र दण्डहीनताविरुद्ध ठोस कदम चाल्न सरकार र सबै राजनीतिक दललाई आह्वान गरेको छ।
समाजले आगजनी र तोडफोडमा संलग्नको पहिचान गरी कारबाही गर्न, पूर्वविशिष्टलाई राज्यको सेवा सुविधा कटौती गर्न र पुनर्निर्माण दशक घोषणा गर्न सुझाव दिएको छ। साथै, प्रशासनको राजनीतिकरणमुक्ती र निष्पक्ष निर्वाचनको मागसमेत गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्