ट्रक र बस एक आपसमा ठोक्किँदा १८ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २५

हेटौडा । ट्रक र बसको एकआपसमा ठक्कर हुँदा १८ जना घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका – १९ नेवारपानीस्थित सडकमा ना ७ ख ९१४० नम्बरको बस र ना. ५ ख ४१४६ नम्बरको ट्रक शुक्रबार बिहान एकआपसमा ठोक्किँदा ट्रक तथा बस दुबैका चालक र बसमा सवार यात्रु समेत गरी १८ जना घाइते भएका हुन् ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि चुरेहिल अस्पताल र हेटौंडास्थित सहकारी अस्पताल लगिएको प्रहरीले बताएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, सात जना मध्यम र १० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *