काठमाडौँ, भदौ ३० – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बधाई दिएका छन्।
मन्त्री नियुक्त भएको दुई दिनपछि शाक्यले सामाजिक सञ्जालमार्फत घिसिङको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका हुन्। शाक्य स्वयं पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहिसकेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :
“ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ। सफल कार्यकाल र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण ऊर्जा क्षेत्रको सफलतासहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु।”
घिसिङ अघिल्ला कार्यकालमा नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दै लोडसेडिङ अन्त्य गर्न सफल व्यक्ति हुन्। उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएका थिए। पछिल्लो समय जनस्तरबाट व्यापक समर्थन पाएका घिसिङ ऊर्जा मन्त्रीका रूपमा पुनः सक्रिय भएका छन्।
उनको मन्त्री नियुक्तिलाई लिएर विभिन्न क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्