भाटभटेनीले स्पष्ट पार्‍यो: बौद्ध शाखामा भेटिएका ६ जना मृतक हाम्रा कर्मचारी होइनन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा भेटिएका ६ जलेका शवको विषयमा कम्पनीले विज्ञप्ति जारी गर्दै ती व्यक्तिहरू आफ्ना कर्मचारी नभएको स्पष्ट पारेको छ।

शाखा प्रबन्धक कमला दाहालका अनुसार, मृतकहरू भाटभटेनीसँग कुनै सम्बन्ध नराख्ने पुष्टि भएको हो।

जलेका शवहरूको पहिचान र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

भदौ २९ गते भेटिएका ती शवबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *