नेतृत्व परिवर्तन अवश्यम्भावी, दल विना गणतन्त्र टिक्दैन : बाँस्कोटा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले पार्टीभित्र व्यापक पुनर्गठनको आवश्यकता औंल्याउँदै नेतृत्व परिवर्तन समयको माग भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अरु क्षति रोक्नका लागि तत्काल तर सुविचारित निर्णय गरेर पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन्।

बाँस्कोटाले लेखेका छन्, “अरु क्षति रोक्न जे भो भो हैन, किन भो कसरी भो र अब के कसरी, कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौँ।”

उनले दल विना गणतन्त्र टिक्न नसक्ने र गणतन्त्र विना समाज सम्भव नभएको उल्लेख गर्दै परिवर्तन समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमअनुसार हुने भएकाले सबै नेतृत्व परिवर्तनका लागि तयार हुनुपर्ने सन्देश दिएका छन्।

उनका अनुसार, “अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्त्रविना समाज।”

नेता बाँस्कोटाको यो भनाइ नेकपा (एमाले)भित्र बढ्दो असन्तोष र आगामी राजनीतिक समीकरणप्रति संकेत भएको रुपमा हेरिएको छ। पार्टीभित्रको वर्तमान अवस्थाले थप अन्योल निम्त्याउन नदिनका लागि नेतृत्व तहमै व्यापक समीक्षा र परिवर्तन आवश्यक रहेको उनको सन्देशको मूल सन्देश हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *