|
२०८२ भाद्र ३०
काठमाडौं । देशभरका चलचित्र भवनहरू ‘जेनजी आन्दोलन’का कारण बन्द भएको केही दिनपछि आज (भदौ ३० गते)देखि पुनः सञ्चालनमा आउने भएका छन्। नेपाल चलचित्र सङ्घले सुरक्षालाई उच्च प्राथमिकता दिँदै सिनेमा हलहरू खोल्ने निर्णय गरेको हो।
सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोडबाट क्षति पुगेको विराटनगरको क्युएफएक्सबाहेक अन्य सबै हलहरू सञ्चालनमा आउनेछन्। राति १० बजेसम्म मात्र सिनेमा हल सञ्चालन गरिने छ।
‘रिमै’, ‘मोहर’ लगायत नेपाली र केही विदेशी चलचित्रहरू प्रदर्शन हुनेछन् भने दसैंको फूलपातीदेखि तीन नयाँ नेपाली चलचित्र आउनेछन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्