|
२०७८ बैशाख १९
ओखलढुंगा – ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको सिल्खुवेसीमा शनिबार दिउँसो गएको पहिरोको कारण १६ वटा घर र एउटा विद्यालयमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए अनुसार पहिरोमा ७ पशुचौपाया पुरीएर मरेका छन् र १६ ओटा घर तथा निर्माणाधीन जलकन्या आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ । तर कुनै मानविय क्षति भने नभएको पनि उनले बताए।
अति जोखिममा परेका पाँच घर परिवारलाई छिमेकीको घरमा राखिएको र यकिन क्षतिको विवरण आइनसकेको प्रहरीको भनाई छ । केही महिना अघि गाउँपालिकाको केन्द्र तप्केडाँडाँ देखि पिपलडाँडाँ सम्म खनिएको सडकको कारण पहिरो आएको र उक्त पहिरोका कारण ५ घर अति जोखिममा रहेको बताईएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्