|
२०८२ भाद्र १६
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्दै बस टिकट खरिदमा आकर्षक क्यासब्याक अफर ल्याएको छ।
अब सानिमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवा मार्फत नेपालभर र भारतका लागि अनलाइन बस टिकट खरिद गर्दा १५ प्रतिशतसम्म क्यासब्याक पाउन सकिनेछ।
बैंकका अनुसार,
नेपालभित्रको यात्राको लागि अधिकतम रु २०० सम्मको क्यासब्याक
भारतको यात्राको लागि अधिकतम रु ४०० सम्मको क्यासब्याक प्रदान गरिनेछ।
यो योजना भदौ १५ गतेदेखि फागुन १४ गतेसम्म लागु हुनेछ।
सानिमा बैंकले यस किसिमका छुटहरूद्वारा डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्य राखेको छ। बैंकका अनुसार विस्तृत जानकारी तथा अन्य अफरहरूको विवरण सानिमा बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
हाल सानिमा बैंकका देशभर १३४ शाखा कार्यालय र १२७ एटिएम सञ्चालनमा रहेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्