एनआईसी एशिया बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट सुविधा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १६

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूका लागि खुसीको खबर छ। अब उनीहरूले काठमाडौंस्थित र्‍याडिसन होटलमा सेवा लिँदा अधिकतम २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंक र होटलबीच हालै भएको विशेष समझदारीअनुसार, ग्राहकहरूले र्‍याडिसन होटलमा खाना, पेय पदार्थ तथा फिटनेस सेन्टर (जिम) सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, होटलको एयरपोर्ट लञ्ज एण्ड रेष्टुराँ, पेस्ट्री शप तथा ट्रान्क्विलिटी स्पा सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ।

यस छुट सुविधाको लाभ लिन ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) मोबाइल एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

बैंकले होटलसँगको सहकार्यबाट ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्दै यो पहलले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र नगदरहित कारोबारको संस्कृति विकासमा योगदान पुग्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *