चितवनमा कार रुखमा ठोकिँदा डाक्टरको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १४

चितवन, भदौ १३ — चितवनको भरतपुरमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ। दुर्घटनामा परी ज्यान गुमाउने व्यक्ति भरतपुर महानगरपालिका–२ निवासी डा. विप्लव भट्ट हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १:३० बजे बा १५ च ४६९३ नम्बरको कार रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गर्दा अनियन्त्रित भई रुखमा ठोक्किएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका डा. भट्टलाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *