आजको राशिफल : आज मिति २०८२ साल भाद्र १३ गते शुक्रवार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासमा वृद्धि हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजना तर्फ अग्रसर भइनेछ। कानुन सम्बन्धी विभागमा अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। कलाको क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हात लाग्नेछ। गरिएको कामको उचित प्रतिफल पाइनेछ। यात्राको रूपरेखा बन्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वकांक्षी योजनाहरू पूरा हुनेछन्। समाजमा मान प्रतिष्ठा बढ्नेछ। तारिफ योग्य कामले सबैतिरबाट प्रशंसा पाइएला। कार्यक्षेत्रमा कामले गति लिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। शेयर बजारबाट लाभ प्राप्त हुनेछ। आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। पुरानो सोच त्यागेर नयाँ सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) देशतिरबाट शुभ सूचना प्राप्त हुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। भाग्यको साथ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकाग्रता र जोशले भरपुर रहनुहुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। राज्यपक्ष वा प्रशासनिक क्षेत्रबाट सफलता मिल्नेछ। आजको शुभ सेतो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) संवेदनशील मुद्दाहरूमा आफ्नो कुरा राख्न नअत्तालिनुहोस। सानो प्रयासले ठूलो कार्य सम्पादन गर्न सकिनेछ। पारिवारिक सद्भाव बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुको व्यवहारले मनमा शंका उत्पन्न हुनेछ। नयाँ योजनामा लगानि लगाउनु भन्दा अघि जानकारको सल्लाह लिनुहोस्। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। पारिवारिक जिम्मेवारी बढ्नेछ। भौतिक संसाधनमा धन खर्चका योग छन्। सरकारी वा प्रशासनिक क्षेत्रको कार्यमा बाधा आउनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शिक्षा वा करियरमा उन्नति मिल्नेछ। नयाँ मित्रको सम्पर्कले आफ्नो काम बनाउन सक्नुहुनेछ। पुराना चलिरहेका कार्य पूरा हुनेछन्। व्यापार व्यवसायमा पिताको साथ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सकेसम्म अरूलाई सल्लाह दिनबाट बच्नुहोस्। आर्थिक पक्ष सामान्य रहनेछ। समयमा परिवारको साथ नमिल्नाले कार्यक्षेत्रमा पछाडि परिनेछ। साइनो गास्नेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *