काठमाण्डौँ । साबिक विजेता कर्णाली यश्विसले एभरेस्ट भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि एना फ्लाभिया गाल्भाओलाई अनुबन्ध गरेको छ ।
कर्णालीले बिहीबार पहिलो विदेशी खेलाडीका रूपमा ब्राजिलियन सेटर गाल्भाओलाई सार्वजनिक गरेको हो ।
गाल्भाओसँग ब्राजिल, स्पेन, स्लोभाकिया, चेक रिपब्लिक, हंगेरी र स्विट्जरल्यान्डको लिग खेलेको अनुभव छ । गाल्भाओले पछिल्लो समयमा स्विट्जरल्यान्डको भलिबल फ्रेन्चाइज मोन्टाग्नेस क्लबबाट खेलेकी थिइन् ।
उपाधि रक्षा अभियानमा रहेको कर्णालीले प्रशिक्षकमा कुमार राई र मार्कीमा सुमित्रा रेग्मीलाई नै निरन्तरता दिएको छ ।
यसैगरी कर्णालीले अक्सनबाट साफिया पुन, रस्मिता दुरा, जसना महतो, पूजा थारु, नेबिका चौधरी, रेबिका लामा तामाङ र एलिसा भोजुलाई अनुबन्ध गरेको छ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेस्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्