काठमाडौँ । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बुधबार मन्त्रालयमा सम्पन्न भयो।
कार्यक्रममा रक्षा मन्त्री माननीय मान विर राईले सम्बोधन गर्नुहुँदै रक्षा मन्त्रालय, नेपाली सेना तथा सम्बद्ध निकायहरूले अघिल्लो वर्षमा पुर्याएको प्रगतिको प्रशंसा गर्नुभयो। साथै, प्रमुख राष्ट्रिय आयोजनाहरूको समयमै कार्यान्वयन र गुणस्तरीय निर्माणको लागि सबै सरोकारवालाहरूलाई थप जिम्मेवार र सक्रिय बन्न आग्रह गर्नुभयो।
मन्त्री राईका अनुसार अधिकांश विकास कार्यक्रमहरू लक्ष्य अनुरूप सञ्चालनमा रहे पनि काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाको वार्षिक प्रगति ६७५ मात्र पुगेको र समष्टिगत प्रगति ४२।१३५ मा सीमित रहेकोले लक्ष्यअनुसार काम सम्पन्न गर्न चालु आर्थिक वर्षमा थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको छ।
उहाँले आयोजनामा देखिएका ढिलाइ र चुनौतीहरू समाधान गर्न सम्बन्धित निकाय, आयोजना प्रमुख र समन्वयकारी निकायहरूको ध्यानाकर्षण गराउनुभयो।
समीक्षामा नेपाली सेनाले निर्माण गरिरहेका सडक करिडोर, चुरे संरक्षण कार्यक्रम, बंकरदेखि ब्यारेक निर्माण, तथा सैनिक सामग्री व्यवस्थापन जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भएको जानकारी दिइयो। मन्त्री राईले सेनाको कार्यसम्पादनको प्रशंसा गर्दै केही करिडोरमा बजेट अभावका कारण देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्नुभयो।
त्यस्तै, बाढी, भूकम्प र अन्य विपद् प्रतिकार्यका क्रममा सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलेको भूमिकाको पनि मन्त्रीले प्रशंसा गर्नुभयो।
रक्षा मन्त्री राईले वित्तीय अनुशासन कायम राख्दै बेरुजु फर्छ्यौटमा विशेष ध्यान दिन निर्देशन दिनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा ६१५ बेरुजु फर्छ्यौट गरिएको छ भने चालु वर्षमा अझ राम्रो प्रगति गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, पूँजीगत खर्च न्यून रहेको भन्दै मन्त्रीले चालु आर्थिक वर्षमा खर्च वृद्धि गर्न सम्बन्धित निकायहरूलाई विशेष पहल गर्न आग्रह गर्नुभयो।
गत हप्ता प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता सम्पन्न भएको र बुधबारको दिन सचिव र प्रधानसेनापतिज्यूसँग पनि कार्यसम्पादन सम्झौता सम्पन्न भएको जानकारी दिँदै मन्त्रीले ती सम्झौतामा उल्लेखित लक्ष्यहरू समयमै हासिल गर्न सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभयो।
उहाँले द्रुतमार्गको प्रारम्भ बिन्दु, जग्गा व्यवस्थापन, र संरचना क्षतिपूर्ति सम्बन्धमा गरिएको निरीक्षण र पहलहरूको पनि जानकारी दिनुभयो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Julius309
August 21, 2025https://shorturl.fm/NHF8k