बिहीबार तीन दिनपछि बढ्यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २९

काठमाण्डौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार २.६२ अंक बढेको छ ।

लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २७८८ अंकमा कायम भएको छ ।

बजारको अंकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।

१०८ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो । अन्य समूह १ प्रतिशतभन्दा धेरै बढ्यो भने अरु सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.५५, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२०, जीवन बीमा ०.०५, माइक्रोफाइनान्स ०.१२ र निर्जीवन बीमा ०.२२ प्रतिशत घटे । विकास बैंक ०.१६, लगानी ०.१७, उत्पादन तथा प्रशोधन ०.५७, अन्य १.८० र व्यापार ०.९७ प्रतिशत बढे ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स र साहस ऊर्जा क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *