|
२०८२ असार २६
सोलुखुम्बु । नेले मुक्ली सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । भिषण वर्षापछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन स्थानीय तथा यात्रुहरुलाई आग्रह गरेको हो ।
निरन्तरको वर्षाले खोलामा पानीको बहाव बढेको, जमिन भासिएको तथा पहिरोको जोखिम उच्च रहेकाले वडाभित्रका नागरिकलाई, खोलाको किनार, जोखिमयुक्त स्थान तथा बाटोमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन वडा अध्यक्ष महेन्द्रदिप राईले आग्रह गरेका हुन् ।
यस्तै, वडाका जनप्रतिनिधि तथा कर्मचारीहरू जोखिम भएको स्थानहरूको निरन्तर अनुगमनमा खटिएको र सडक अवरोध, आवागमन समस्या तथा आपत्कालीन सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गर्न सकिने फोन नम्बरहरू समेत सार्वजनिक गरिएको छ ।
विपद पूर्वतयारी र आपतकालीन प्रतिकार्यका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्