|
२०८२ जेष्ठ ११
काठमाण्डौँ । आइतबार नेप्से परिसूचक घटेको छ। नेप्से ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ। बिहीबार ९ अर्ब ८२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार ७ अर्ब ६० करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब २२ करोड रूपैयाँ कमी आएको हो।
आज ३१४ वटा धितोपत्रको एक करोड ८५ लाख पाँच हजार ७७१ कित्ता सेयर किनबेच भएको हो ।
आइतबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ वटाको घटेको छ । यस्तै, एक कम्पनी स्थिर रहेको छ ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १२६ रूपैयाँ ७० पैसा पुगेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्