रास्वपाको जनयात्रा जेठ २३ गतेबाट सुरु हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ९

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने भएको छ ।

बिहीबार बसेको जनयात्रा संयोजन समितिको बैठकले झापाको मेचीनगरबाट जनयात्रा सुरू गर्ने निर्णय गरिएको प्रवक्ता निशा डाँगीले जानकारी दिएकी छन् ।

उनका अनुसार आज बसेको बैठकले जनयात्राको सन्दर्भमा तीनवटा निष्कर्ष निकालेको छ । पहिलो, जनयात्रा जेठ २३ गतेबाट सुरू गर्ने, दोस्रो जनयात्रा झापाबाटै सुरू गर्ने र तेस्रो जनयात्रालाई स्थानीय स्तरसम्म लैजाने निर्णय गरिएको उनले बताइन् ।

‘जनयात्रामा पार्टीका कार्यवाहक सभापति, उपसभापति, महासचिव, सम्बन्धित जिल्लाका सांसदहरू, सम्बन्धित प्रदेश इन्चार्ज सभापति र जिल्ला सभापति लगायत स्थानीय समितिका पदाधिकारी पनि रहनेछन् ।

केन्द्रीय टोली पुग्न नसकेका पालिकामा स्थानीय समितिहरूले नै अभियानलाई निरन्तरता दिँदै गाउँ–टोलसम्म लैजान सक्नुहुनेछ, त्यही अनुसार योजना बनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *