सुनको मूल्यमा भारी वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १७

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य एक हजार ४ सय रुपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रुपैयाँले बढेर एक लाख ५१  हजार  रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला  १ हजार ७  सय ६५ रुपैयाँमा कारोबार भईरहेको  छ । मंगलबार पनि चाँदीको सोही मूल्य कायम थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *