२५ वर्षअघि करिनाले ‘नाइँ’ नभनेको भए हुने थिएन सलमान र ऐश्वर्याको भेट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ५

काठमाडौँ : जब सलमान खान र ऐश्वर्या रायको नाम आउँछ, मानिसहरूलाई उनीहरूको एउटा फिल्म याद आउँछ। हामी सञ्जय लीला भन्सालीले निर्देशन गरेको ‘हम दिल दे चुके सनम’को बारेमा कुरा गरिरहेका छौँ।

सन् १९९९ मा रिलिज भएको यो फिल्ममा अजय देवगनले पनि अभिनय गरेका छन् भने विनय पाठक, जोहरा सहगल र विक्रम गोखलेले पनि यसमा काम गरेका छन्।

भारतीय मिडियाका अनुसार चाखलाग्दो कुरा के छ भने ‘हम दिल दे चुके सनम’का लागि ऐश्वर्या रायअघि करिना कपुरलाई हिरोइनका लागि प्रस्ताव गरिएको थियो।

तर करिना कपुरले नाइँ भनेपछि नन्दिनीको भूमिकाका लागि ऐश्वर्यालाई छनोट गरिएको थियो।

यस फिल्मको कथा कस्तो छ भने जब एक नवविवाहित पुरुषले आफ्नी श्रीमती अर्कै पुरुषसँग प्रेम भएको थाहा पाउँछ, तब उसले उनीहरूलाई दुई जनाको मिलन गराउने निर्णय गर्छ। यो फिल्मले विश्वभर ५१.४० करोड भारु कमाएको थियो।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *