कांग्रेसमा त सत्य बोल्दा कसैले कारबाही भोग्नुपर्दैन : महामन्त्री शर्मा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २६

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने टिप्पणी गरेका छन्।

रास्वपाले महामन्त्री डा. मुकुल ढकाललाई एकमतले पार्टीको साधारण सदस्यमात्रै रहने गरी अनुशासनको कारबाही गरेपछि महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेर नै कांग्रेस अहिलेसम्म जीवन्त रहेको उनको भनाइ छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु पर्दैन । प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म कांग्रेस जीवन्त छ र रहिरहनेछ, रूपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *