संसद्‌मा सांसद विकले गृहमन्त्रीको धोती खुस्कियो भनेपछि नियमापत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २४

काठमाडौँ : नेपाली कांग्रेसकी सांसद शान्ति विकले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा काण्डले धोती खुस्किएको भनेपछि रास्वपाका सांसद मनिष झाले नियमापत्ति गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद विकले गृह मन्त्रालयले भ्रष्टाचारका फायल खोल्न एक्सनमा उत्रेपछि ठुला दल मिल्न लागेको भनेर गरेको टिप्पणीको प्रतिवादमा उत्रने क्रममा सकारी प्रकरणले गृहमन्त्रीकै धोती खुस्किएको बताएकी थिइन् ।

‘गृहमन्त्रीलाई फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ?’, उनले प्रश्न गर्दै भनिन्, ‘सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर सम्हाल्न व्यस्त गृहमन्त्री र गृह मन्त्रालय फायल खोल्ने सिरिज अब रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् ।’ विकले यति भनेपछि रास्वपा सांसद झा आसनबाट उठेर आपत्ति जनाएका थिए ।

उनले संसद्को नियमावली अनुसार धोती खुस्कने भन्ने शब्दप्रति आपत्ति जनाउँदै ११ नम्बर नियमावलीको ख्याल गर्न आग्रह गरे । ‘११ नम्बर बुँदाअनुसार धोती शब्द संसद्मा बोल्न पाइँदैन’, त्यसपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको भन्दै झालाई सल्लाह गरेर त्यसबारे निर्णय लिइने बताए ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *