पानीको बहाव बढेपछि राप्ती पुल बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २३

बाँके : हुलाकी राजमार्ग तथा बाँकेको पूर्वी दक्षिण जोड्ने राप्ती पुल बन्द गरिएको छ। राप्ती नदीमा पानीको बहाव बढेपछि थप जोखिम हुन नदिन राप्ती पुलमा आवतजावत बन्द गरिएको हो।

आइतबार बिहानदेखि पुल पुर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। पुल बन्द भएसँगै जिल्ला सदरमुकाम नेपालगन्जसँग यस क्षेत्रको आवतजावत बन्द भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *