माने प्राण प्रतिष्ठान राप्ने पुजा पाठ कार्यक्रम  सम्पन्न 

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ९


सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं.- १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्रचिनकालमा निर्माण भएका धर्मिक ऐतिहासिक सम्पदाका रूपमा रहेको माने पुनः निर्माण सम्पन्न  भएको छ । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको विशेष अगुवाईमा पिके पिक टाप्टिङ क्षेत्रभित्र रहेका १८ वटा पुराना भत्किएका सबै माने पुनः निर्माण सम्पन्न भईसकेको र उक्त १८ वटा मध्ये तेस्रो वा अम्तिम चरणमा पुनः निर्माण तथा मर्मत सम्भार सम्पन्न ११ वटा  मानेहरुको प्राण प्रतिष्ठान राप्ने पुजा श्रद्धेय धर्म गुरु गेशे टुल्कु रिन्पोछेको बहुदलीयबाट पुजा पाठ सम्पन्न गरेको  संस्थाले जानकारी दिनुभयो भने अझै केही छुटेको काम बाकी रहेको र सो काम पनि चाडै सम्पन्न हुने जानकारी दिनुभयो छ।  

सोलुखुम्बुको तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीहरुको संस्कार संस्कृति रहनसहन तथा मनोरम हिमश्रृङ्खलाको दृश्य हेर्न अत्यन्तै उपयुक्त मानिने ट्रेकिङ रुटहरु मध्य पिके पिक ट्रेल पनि एक मानिन्छ समुन्द्री सतहबाट ४०६५ मिटरको उचाइमा रहेको पिके पिकबाट नेपालमा अबस्थित ८ हजार मिटरभन्दा अग्ला ८  वटा  हिमालहरु मध्ये ६  हिमाल पिके पिकबाट देख्न सकिन्छ जुन अवसर अन्य ठाउँमा पाइदैन  बाैद्धमार्गीहरुको ऐतिहासिक सम्पदा माने पर्खालहरुको संरक्षण एवं सम्बर्द्धन गर्नाले पर्यटनहरुलाइ थप आकर्षण गर्न सकिने अर्को महत्त्वपूर्ण उदेश्य समेत जोडिएकाले यस क्षेत्रमा रहेका बौद्ध धर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको १८ वटा माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको अगुवाइमा निर्माण  गरिएको हो । पू्र्खाहरुले पुण्य आर्जन गर्ने बौद्ध दर्शनको प्रवर्धनका लागि निर्माण गरिएका मानेहरुको संरक्षण नहुँदा भत्किने माटोले पुरिएर लोप हुदै गएको अवस्थालाई ध्यानमा राख्दै पूर्खाको सम्मान र इतिहास रक्षाका लागि माने पुनः निर्माण गरिएको अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।
माने निर्माण कार्यमा देश तथा बिदेशबाट आर्थिक सहयोग गर्ने सबैलाई संस्थाले धन्यवादसमेत दिएको छ । आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोग को अपेक्षा गरिएको संस्थाका महासचिव अम्बर तामाङले बताए ।
स्थानियहरुको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँ र 
 वडा नम्बर १० टाप्टिङसँग समन्वय गरि जीर्णोद्धार मानेको आवश्यक मर्मत, सम्भार र संरक्षण कार्य सम्पन्न  गरिएको पिके टाप्टिङ समाज सेवाले बताउनुभ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *