नेचासल्यानमा पुस २१ गते चौथो कृषि प्रदर्शनी मेला आयोजना गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८० पुष २

सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिकाले पुस २१ गते चौथो कृषि प्रदर्शनी मेलाको आयोजना गर्ने भएको छ।
नेचासल्यान’गाउँपालिकाको शान,कृषि उत्पादन अभिबृद्दी हाम्रो अभियान’भन्ने मूल नाराका साथ गाउँपालिकाको कृषि शाखाद्वारा आयोजना गरिने एक दिने सो मेलामा कृषि उपजका साथै स्थानीय औद्योगिक घरेलु सामाग्री प्रदर्शन गरिने जनाईएको छ।
गाउँपालिकाभित्रका कृषकहरुले मात्र सहभागीता जनाउन पाउने गरी वडा नं-२ स्थित महेन्द्रोदय माबिको प्रांगणमा आयोजना गरिने मेलामा सहभागी कृषक हरु मध्ये वडा नं १ र २ का कृषकलाई चार सय र वडा नं ३,४,५ का कृषकहरुलाई यातायात भाडा बापत सात सय रुपैयाँ प्रदान गरिने कृषि शाखा अधिकृत सबिता बास्तोलाले जानकारी दिइन।
खाद्य,तरकारी,फलफूल,मसला,दलहन,तेलहन,नगदेबाली जडीबुटी,बेतबास,स्थानीय कृषि औजार,खाडी कपडा,फर्निचर लगायत कृषि तथा घरेलु उत्पादन मेलामा प्रदर्शनीमा राखिने बताउंदै उनले प्रतिस्पर्धामा प्रथम,द्वितीय र तृतीय हुने कृषकलाई क्रमशः ३ हजार,२ हजार र १ हजार रुपैयाँ सहित प्रमाणपत्रले पुरष्कृत गरिने जानकारी दिइन।सहभागी हुन चाहने कृषकले ३ गतेदेखि पौष १८ गतेसम्म आफ्नो परिचय खुल्ने कागजसहित कृषि शाखामा नाम दर्ता गर्नुपर्ने बांस्तोलाको भनाइ छ।
कृषि ब्यबसायमा आकर्षण बढाउन र कृषकहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले गाउँपालिकाले हरेक बर्ष यश किसिमको मेला आयोजना गर्ने गरेको गाउँपालिका अध्यक्ष धनजन राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *