सडकमा कतै सेतो कतै पहेँलो रेखा किन बनाइन्छ?

DaksuMedia दाक्सु मिडिया
|
२०८० असार १

सडकमा हिँड्दा हामीले धेरै प्रकारका संकेतहरू देख्छौं। यी संकेतहरू हामीलाई दुर्घटना हुनबाट बचाउनका लागि बनाइएका हुन्छन्।

हामी धेरैजसो ट्राफिक नियमको पालना गरिरहेका हुन्छौं। तर, हामीले सडकमा रेखाबारे सोचेका छौं? कहिल्यै आफ्नो गाडी स्ट्रिप अनुसार चलाउनुभएको छ? धेरै मानिसलाई तिनीहरुको अर्थ थाहा नहुन सक्छ, तिनीहरु किन बनाइन्छ।
यी लाइनहरु सुरक्षाको लागि बनाइएको हो। वास्तवमा यी लाइनहरु सुरक्षाको हिसाबले धेरै महत्वपूर्ण छन्। त्यहीँ भएर लाइन बनाइन्छ। आज यी स्ट्रिपहरुको अर्थ बुझाएर हामी सडक सम्बन्धि कामको बारेमा जानकारी दिँदैछौं।

सेतो स्ट्रिप : धेरै सडकहरुमा केही दूरीमा सेतो पट्टीहरू हुन्छन्। जसले गर्दा बाटो ओभरटेक गर्न, युटर्न लिन र लेन फेर्न सकिन्छ। यद्यपि यो गर्नुभन्दा पहिले दाँया बाँया ध्यान दिन जरुरी हुन्छ।

सेतो लाइन : बाटोमा धेरै ठाँउमा लामो दुरीको लागि एक अखण्ड सेतो लाइन देख्नुभएको छ। यो लाइन बनेको कुनैपनि सडकमा लेन फेर्न नमिल्ने, युटर्न लिन नपाइने र ओभरटेक गर्नुपर्दैन। यस्तो रेखाको अर्थ तपाईं त्यही लेनमा बस्नु हो जुनमा तपाई हिँड्दै हुनुहुन्छ। दुर्घटनाको सम्भावना हुँदा वा घुम्नको लागि लेन परिवर्त गर्न सक्नुहुनेछ। प्रायः पहाडी क्षेत्रमा यस प्रकारको लाइनमा देख्नुहुनेछ। किनभने त्यस्ता क्षेत्रमा दुर्घटनाको सम्भावना बढी हुन्छ।

पहेँलो लाइन : सडकमा धेरै ठाँउमा सीधा पहेँलो रङ्गको रेखाहरु देख्न सकिन्छ। तिनीहरु निरन्तर छन् र तपाई यहाँ ओभरटेक गर्न सकिने छ तर, आफ्नै लाइनमा बसेर। यस्तो बाटोमा लाइन काटेर अर्को लेनमा जानुहुँदैन। यी लाइनहरु सामान्यतया ती सडकहरुमा बनाइन्छ जहाँ दृश्यता कम हुन्छ।

पहेँलो दुईवटा लाइन : कतिपय सडकमा धेरै दुर्घटना हुने गरेको छ। यस्ता सडकमा दुईवटा पहेँलो लाइन बनाइएको हुन्छ। यी सबैभन्दा कडा नियम भएका रेखाहरु हुन्। त्यस्ता ठाँउहरुमा लेन फेर्न, ओभरटेक गर्न र युटर्न लिन पूर्णरुपमा निषेध गरिएको छ। यस्तो ठाँउमा आफ्नो लेनमा बसेर ओभरटेक गर्न मिल्दैन।

पहेँलो धार : भाँचिएको पहेँलो रेखा भएको सडकमा आफ्नो लेनमा रहँदा ओभरटेक गर्न र युटर्न गर्न सकिन्छ। यसबाहेक अर्को छेउमा गएर ओभरटेक गर्न सकिन्छ। तर, सावधानी अपनाउन जरुरी हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *