मेस्सीको कीर्तिमानी गोलमा पीएसजीको जित

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

लियोनल मेस्सीको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीमाथि ३–० गोलको जित निकालेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै लियोनल मेस्सीले एक गोल गरे । खेलको २५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

मेस्सीको क्लब करियरमा यो ७०० औं गोल हो । हुने फुटबल क्लब करियरमा नयाँ कीर्तिमान पनि बनाएका हुन् । पीएसजीका लागि एम्बाप्पेले खेलको ५५ औं मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *