श्रोत नखुलेको ४९ लाख ५० हजार ५० रुपैयाँ रकमसहित बुधबार दिउँसो एक युवक पक्राउ परेका छन् । प्रहरी प्रभाग कपन प्रमुख प्रहरी निरीक्षक कृष्ण बस्यालको नेतृत्वको टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका-६ भृकुटीचोकमा चेक जाँच गर्ने क्रममा बा.९९प ७२०४ नम्बरको NS मोटरसाईकलमा सवार जिल्ला गोरखा चुमनुब्री ०१ स्थाई घर भई हाल का.जि. काठमाण्डौ महानगरपालिका वडा नं. ०६ तिनचुली बगला मार्ग बस्ने बर्ष २४ को धावा घ्याल्चेन को साथ बाट स्रोत नखुलेको नेपाली नगद रु. ३२,००,०५०/- (बतिस लाख पचास रुपैया) सहित नियन्त्रणमा लिई निजलाई थप सोधपुछ गरि प्रहरी वृत्त बौद्धको टोली सहित निज बस्ने डेरा कोठामा गई खानतलासी गर्दा थप नेपाली नगद रु. १७,५०,००० ( सत्र लाख पचास हजार) फेला पारी थप अनुसन्धान तथा कारबाहिको लागि निज धावा घ्याल्चेन सहित फेला पारेको जम्मा नेपाली नगद रु. ४९,५०,०५० (उनन्चाल लाख पचास हजार पचास रुपैया) तालुक प्रहरी बृत्त बौद्ध पठाईएको प्रहरीले जनाएको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्