स्थानीय तहको निर्वाचनमा कसरी दिने उम्मेदवार?, कस्तो योग्यता चाहिन्छ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख ११

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) र भोलि (सोमबार) उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ।

बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।

यही वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयनका लागि आयोगले समय दिएको हो।

यसपालि चुनावमा सत्तागठबन्धनका पाँच दल र नेकपा एमालेसहित बनेको अर्को गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ।

उम्मेदवार हुन कस्तो योग्यता चाहिन्छ?

नेपालको संविधान अनुसार गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य, नगर/उमहानगर/महानगर कार्यपालिकाको प्रमुख उपप्रमुख, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिनका लागि निम्न योग्यता चाहिन्छ।

गृहपृष्ठ

राजनीति

निर्वाचन विशेष

समाज

विचार

किनमेल

नेपाली ब्रान्ड

कला

ब्लग

खेलकुद

साहित्यपाटी

घुमफिर

स्थानीय चुनाव

स्थानीय तहको निर्वाचनमा कसरी दिने उम्मेदवार?, कस्तो योग्यता चाहिन्छ

सेतोपाटी संवाददाता

काठमाडौं, मंसिर ११

29Shares

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) र भोलि (सोमबार) उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ।

बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।

यही वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयनका लागि आयोगले समय दिएको हो।

यसपालि चुनावमा सत्तागठबन्धनका पाँच दल र नेकपा एमालेसहित बनेको अर्को गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ।

उम्मेदवार हुन कस्तो योग्यता चाहिन्छ?

नेपालको संविधान अनुसार गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य, नगर/उमहानगर/महानगर कार्यपालिकाको प्रमुख उपप्रमुख, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिनका लागि निम्न योग्यता चाहिन्छ।

नेपाली नागरिकता

मनोनयन दर्ता गर्ने मितिसम्ममा२१ वर्ष उमेर पुरा भएको हुनुपर्छ।

सम्बन्धित पालिकामा मतदाता नामावलीमा नाम भएको हुनुपर्छ। वडा सदस्यका लागि सम्बन्धित वडामा नाम भएको हुनुपर्छ।

कुनै कानुनले अयोग्य नभएको हुनुपर्छ।

के के कागजात चाहिन्छ?

अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

धरौटी राखेको बैंक भौचर वा नगद रसिद

दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र

सम्बन्धित पालिकाको कुनै वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा

उम्मेदवारको स्वघोषणा

वडा अध्यक्ष र वडा सदस्यका लागि

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

धरौटी राखेको बैंक भौचर वा नगद रसिद

दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र

सम्बन्धित वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा

उम्मेदवारको स्वघोषणा

दलित महिला वडा सदस्यका लागि 

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

धरौटी राखेको बैंक भौचर वा नगद रसिद

दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र

सम्बन्धित वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा

सम्बन्धित गाउँपालिका, नगरपालिका, वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा।

उम्मेदवारको स्वघोषणा

उम्मेदवारले राख्नुपर्ने धरौटी

वडा सदस्य- ५०० रूपैयाँ

वडाअध्यक्ष- १००० रूपैयाँ

अध्यक्ष, उपाध्यक्ष-१५०० रूपैयाँ

प्रमुख, उपप्रमुख –१५०० रूपैयाँ

(महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा बिपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशत छुट)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *