राप्रपाको खुल्लामञ्चमा शक्ति प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २५

२५ चैत, काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ।

स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो।

आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार आमसभा सुरू भइसकेको छ।

सभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत नेता पुगेका छन्।

राप्रपाले देशका विभिन्न ठाउँमा सभा गरेपछि खुलामञ्चमा आमसभा गरेको हो।

गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए। लिङ्देन अध्यक्ष बनेपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो।

राप्रपा महाधिवेशनमा पराजित भएका थापाले भने राप्रपा नेपाल पार्टी गठन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *